रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्रमा के छ ? (पुर्णपाठ)
मकालु खबर
२०८१ पुस ७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरेको हो ।
उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
अदालतमा दायर गरेको अभियोग पत्र ४२७ पृष्ठ लामो रहेको छ । अभियोग पत्र अनुसार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित