ब्राजिलको ग्रामाडोमा विमान दुर्घटना: एउटै परिवारका १० जनाको मृत्यु

काठमाडौं ।  ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा आइतबार बिहान भएको सानो विमान दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ । दुःखद् घटना विमानले उडान भरेको केही मिनेटमै भएको हो ।

विमान सुरुमा एउटा भवनमा ठोक्कियो, त्यसपछि नजिकैको एक निवासमा र अन्त्यमा फर्निचर स्टोरमा ठोक्किएको बताइएको  छ। ठक्करपछि भएको विस्फोट र आगलागीले आसपासका क्षेत्रमा धुवाँ फैलिनुका साथै मानिसहरू घाइते भएका छन् ।

विमान दुर्घटनाबाट उत्पन्न धुवाँले प्रभावित भएका १७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । धेरैजसो घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

रियो ग्रान्डे डो सुल राज्यका गभर्नर एडुआर्डो लेइटले विमानमा सवार सबै १० जनाको मृत्यु पुष्टि गरेका छन् । राज्य नागरिक रक्षाले मृत्यु हुनेहरू एउटै परिवारका सदस्य रहेको जानकारी दिएको छ ।

यो दुर्घटनाले ग्रामाडो सहरलाई स्तब्ध बनाएको छ । उद्धार तथा राहत कार्य जारी रहेको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *