बारसँग मेरो कुनै विमति छैन : प्रधानन्यायाधीश (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।

आईतवार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताएका हुन् ।

उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको बताएका हुन् ।

उनले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताए ।

बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको बताए । यसबारे बार आफैँले वृहंगम छलफल गर्नुपर्ने बताएका हुन् । ‘बारसँग मेरो कुनै विमति छैन । परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन । मलाई निश्चित कामहरु संविधानले तोकिदिएको छ । मेरा निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको छ । मैले त्यहाँनेर बार हेर्नु पर्दैन’ उनले भने ।

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताए । कानून व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने बताएका हुन् ।

पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने बता । उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *