सभामुखको कार्यकक्षमै पुगे रास्वपाका सांसद, रविलाई निलम्बन नगर्न माग

काठमाडौं । रास्वपाका सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न उनकै कार्यकक्षमा पुगेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न माग गर्दै उनीहरू सभामुख भेट्न गएका हुन् । रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली सभामुख घिमिरेलाई भेट्न गएका हुन् ।

लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा उनीहरू सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो ।

यो पत्रको विषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरे लगत्तै रास्वपा सांसदहरू पुगेका हुन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *