बालकोटमा मृत भेटिएका कुलप्रसाद हुलाकका नासु, जेठा छोरा फरार

काठमाडौँ । भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीण आचार्य रहेका छन् । कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।

मृत भेटिएका बुवा कुलप्रसाद हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले उनी काठमाडौँ आएका बेला छोराहरूको डेरामा गएको देखिएको बताए । कुलप्रसादका छोराहरू तीन वर्षदेखि उक्त स्थानमा डेरागरि अध्ययन गरिरहेका थिए ।

आइतबार रातिसँगै खाना खाएर सुतेका तीन बाबुछोरा मध्ये जेठा छोरा मिलन भने फरार छन् । डिएसपी न्यौपानेले फरार रहेका मिलनको खोजी गरिरहेको बताए ।

अनुसार शवमा केही घाउ र चोटपटक देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो पनि –बालकोटमा डेरामै मृत भेटिए बाबुछोरा, बाहिरबाट लगाइएको थियो ताला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *