सरकारले एकै पटक गर्‍यो १२ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकै पटक १२ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले केन्द्रीय मातहतका मन्त्रालयमा रहेका १२ जना सहसचिवको सरुवा गरेको हो ।

सुरुवाको एक नम्बरमा परराष्ट्र मन्त्रालयमा कार्यरत नवराज ढकालको नाम छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

सरुवा सूचिको अन्तिममा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा कार्यरत विष्णु प्रसाद शर्मा छन् । उनलाई सहरी विकास मन्त्रालयमा सुरु गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *