राज्यको नश्लवादी विभेदका विरुद्ध जनमतको प्रदर्शन,टायर बालेर एक घण्टा सडक बन्द

काठमाडौं । मधेश प्रदेशको सप्तरीमा जनमत पार्टीले टायर बालेर प्रदर्शन गरेको छ । राज्यको नश्लवादी विभेद र जनकपुर बोल्ट्सका समर्थकमाथि कुटपिट गरेको विरुद्धमा सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार एक घण्टा टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेको हो । जनमत पार्टीको कन्चनरूप नगरपालिका सप्तरीका युवाहरुले टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेका हुन् ।

जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो।

टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सिके राउतको सचिवालयले सार्वजनिक समेत गरेको छ । नेपाल प्रिमियर लिगको (एनपिएल)मा केही व्यक्तिहरूले जनकपुर बोल्ट्सलाई लक्षित गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *