सहकारी ठगी प्रकरण

सांसद पदबाट निलम्बित भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सोमबार एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ ।

‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयद्धारा जारी सूचनामा उल्लेख छ ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा मुद्दा दायर गरेको थियो । प्रहरीले आइतबार नै लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका विषयमा सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *