कुशल मल्लले डेजर्ट भाइपर्सबाट आइएलटी–२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पावर हिटर कुशल मल्लले आइएलटीको तेस्रो सिजन खेल्ने भएका छन् ।

उनले डेजर्ट भाइपर्सबाट युएईको टी–२० फ्रेञ्चाइज लिग आइएलटीको तेस्रो सिजन खेल्ने भएका हुन् ।

उनलाई डेजर्ट भाइपर्सले अनुबन्ध गरेको हो । यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन् ।

मल्ल बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते स्पिन बलर हुन् ।

मल्लले फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष र ३४० दिनको उमेरमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

मल्ल टी–२० नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतक साथ ९१७ रन बनाएका छन् ।

सन् २०२३ को एसियाली खेलकुदमा मंगोलिया विरुद्ध नटआउट १३७ रन बनाउँदा उनले आठ चौका र १२ छक्का प्रहार गरेका थिए ।

यो टी–२० को इतिहासमा पुरुषतर्फको तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको उच्चतम स्कोर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *