दराजको ‘१.१ न्यू इयर मेगा सेल’ : आकर्षक छुटका साथै २.५ करोड बराबरको भाउचर
काठमाडौँ । दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।
१.१ न्यू इयर मेगा सेल, १० पौष देखि २१ पौषसम्म चल्ने जानकारी दिइएको छ । यस मेगा सेल मार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र रु. २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।
गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।
मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्ने कम्पनीले जनाएको छ ।
दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैङ्कहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् :
- ११ पौष (बिहीवार) : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।
- १२ पौष (शुक्रवार) : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १०% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।
- १३ पौष (शनिवार) : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।