कहाँ पुग्यो लामिछानेमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार भएको भनिएको घटनाको अनुसन्धान भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा अनुसन्धान गरिरहेको हो ।

चितवन हिरासतमा रहँदा लामिछानेमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको थियो ।

लामिछानेमाथि अमानवीय व्यवहार गरिएको विषयमा छानबिन गर्न रास्वपाले आयोगमा उजुरी दिएपछि राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान कार्य अगाडि बढाएको थियो ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले उक्त विषयमा अनुसन्धान भयरहेको बताए । ‘रवि लामिछानेमाथि भएको भनिएको दुर्व्यवहारको विषयमा हाम्रो अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ,सबै कुरा हामीलाई थाहा हुँदैन,अनुसन्धान टोलीले टुंग्याएपछि बाहिर आउँछ । यो अनुसन्धानको विषय हो,सबै कुरा नटुंगिकन बाहिर आउँदैन,’प्रवक्ता पोखरेलले मकालुखबरसंग भने ।

कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा जहिल्यै चासो रहने आयोगले जनाएको छ ।

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि आइतबार जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर भइसकेको छ । लामिछाने सांसद पदबाट निलम्बित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *