छविलाल जोशीको बयान सकियो,रविको सुरु हुनै बाँकी
काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीको बयान मंगलबार सकिएको छ । सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जोशीको बयान मंगलबार दिउँसो सकिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्लाम अदालत कास्कीमा उनी विरुद्ध मुद्दा दायर भएको थियो । जोशीको बयान सकिएपछि लिला पछाईंको बयान सुरु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु हुनै बाँकी छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री लामिछानेलगायत विरुद्ध आइतबार मुद्दा दायर भएको थियो ।
लामिछाने विरुद्ध सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्धा दायर भएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।