रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

काठमाडौं । संघीय सांसद पदबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति रामहरी खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

निलम्बनविरुद्ध रास्वपा अदालत जाने वा नजाने विषयमा कानून अध्ययन गरिरहेको छ । लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्धा दर्ता भइसकेको छ ।

सरकारी वकिल कार्यालयले दायर गरेको मुद्धामा प्रतिवादीहरुको बयान लिने क्रम जारी रहेको छ । आज मात्रै गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीको बयान सकिएको छ । जोशीको बयान सकिएपछि लिला पछाईंको बयान सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *