एमालेले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?
मकालु खबर
२०८१ पुस १० गते
काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने छ ।
एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
मकालु खबर
२०८१ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित