मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।
बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए ।
उनले भने–‘मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन । मान्छे ख्वाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुपर्यो नि ।’
उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको बताए । अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए । ‘अहिले साढे ३ सय भन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ,’उनले भने,‘डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔँ बाद्ध, खोर समेतै दिनुपर्छ भनेनि दिऔँ । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यही अनुसार जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए ।
उनले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताए ।
नेपालको अरुले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उनको भनाइ थियो ।
Sahi kura oli ba ka
भनेपछी अब बाघ बेच्ने तयारिमा !!!!