प्रेस विज्ञप्ति

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फिदिम र फुङलिङमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकले पुस ११ गते फिदिम नगरपालिका वडा नं। १, पाँचथरमा आफ्नो १३०औं शाखा विस्तार गरेको हो । त्यस्तै पुस १२ गते फुङलिङ नगरपालिका वडा नं। ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो ।

यी दुई शाखाको सञ्चालन पश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको बैंकले जनाएको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *