मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउने बताएका छन् ।

शुक्रवार ‘मध्यपुर महोत्सव २०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताए । मेला महोत्सवहरूले स्थानीय उत्पादन स्वदेशी सामग्रीको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ । उनले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरूकता ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले भने ‘अहिले हामी जन्मेको ठाउँमा बस्यो भने के हुन्छ र ? भन्ने खलाको नकारात्मक कुराहरू भइरहेका छन् । तर आफ्नै गाउँठाउँमा बसेर काम गर्ने इच्छा भयो भने मौका र अवसर मिल्छ भन्ने कुरा कृषि लगायतका क्षेत्रमा काम त गर्नसक्छौं नि त । काम गर्ने इच्छा भयो भने काम गर्ने ठाउँहरू प्रशस्त छ भन्ने कुराहरू मेला महोत्सवहरूले देखाइ नै रहेका छन् । स्थानीय उत्पादन, सामग्रीदेखि लिएर मौका पनि मिल्ने र नयाँ पिँडीलाई पनि काम गरेर खानु राम्रो कुरा हो । हामीसँग भएको स्रोत र साधनको उपयोग गरेर अगाडि बढ्नु राम्रो हुन्छ । मध्यपुर ठिमी महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नेछ । ठिमीका जनतालाई मात्र नभएर समग्र देशका बासिन्दाहरूलाई जमघट गरेर अन्तरक्रिया गर्ने अवसर जुराएको छ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनका महोत्सवले प्रत्यक्ष रुपमा धेरै ठूलो प्रभाव पार्छ । आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि यस्ता महोत्सवहरूले काम गर्ने गर्दछन् । महोत्सवको तयारीका लागि समय लागेको भएपनि मध्यपुर ठिमीको मात्र नभई समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउनका लागि टेवा पुग्ने भएका कारण यस्ता महोत्सवहरू हामीले ठाउँ ठाउँमा आयोजना गर्नुपर्दछ ।’

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरूको आयोजना गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *