सरकारले कुलमानलाई सोध्यो ९ बुँदे स्पष्टीकरण
मकालु खबर
२०८१ पुस २२ गते
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो । सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।
ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको लगायत विषयको ऊर्जा मन्त्रालयले जवाफ मागेको छ ।
त्यस्तै, कार्यसम्पादनमा कम अंक प्राप्त गरेकोजस्ता विषय स्पष्टीकरण पत्रमा सोधिएको छ । यी प्रश्नको जवाफ पठाउन सरकारले घिसिङलाई सात दिनको समय दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ ।
मकालु खबर
२०८१ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित