महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
मकालु खबर
२०८१ पुस २४ गते
पाल्पा । यहाँस्थित शहीद बहुमुखी क्याम्पसमा सङ्काय थप,सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख सङ्कलन भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईका अनुसार रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले रु एक करोड मूल्य पर्ने जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने एक हजार ३२ मुरी धान पनि सङ्कलन भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ ।
समुदायस्तरबाट सञ्चालित यो क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।
मकालु खबर
२०८१ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित