संघीय सांसद चौधरीको मुद्दामा सर्वोच्चले सुनाउन सकेन फैसला

काठमाडौं ।कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले निसु सारेको छ । बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएपनि सर्वोच्च अदलातले फैसला सुनाउन नसकेको हो ।

प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विषयमा अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *