नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण
मकालु खबर
२०८१ पुस २४ गते
काठमाडौँ । नागरिकहरूलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान सुरु गरेको छ ।
अत्याधिक चिसो बढेसँगै बुधवार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न सुरु गरेको हो । आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरूप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।
उनले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताए । दाउरा बिहीबार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिए ।
केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।
मकालु खबर
२०८१ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित