बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदाको असर उद्योगमा : राजेश अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले राष्ट्र बैंक र बीमा प्राधिकरणले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगमा समस्यामा आएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नियमनकारी निकायहरुले आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरुको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगहरुमा त्यसको असर परेको दाबी गरे ।

उनले नियमकिय निकायहरुको ध्यान आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरुको संरक्षण गर्ने र नाफा सुरक्षित गर्नेतर्फ गइरहेको गुनासो गरे । उनले नेपाल राष्ट्र बैंकले जसरी बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण र नाफा सुरक्षित गर्ने र बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुको संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।

उनले बीमा कम्पनीहरुले उद्योग बाहेकका क्षेत्रमा अनिवार्य बीमा गर्दा त्यसले उद्योगहरुको लागत बढाएको बताउनु भयो । उहाँले विश्व बजार ट्यारिफबाट, ननट्यारिफ गइरहेको बेलामा नेपाल ननट्यारिफबाट ट्यारिफमा गइरहेको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए । उनले नियमक निकायले बजारलाई प्रतिष्पर्धी बनाउन बीमाको दर तोक्न नुहुने भन्दै खुला छाडेर प्रतिष्पर्धी बन्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने,‘नियमकीय निकायहरुको ध्यान आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरुको संरक्षण गर्ने र नाफा सुरक्षित गर्नेतर्फ गइरहेको छ । त्यसको असर उद्योगहरुमा परेको छ । नेपाल राष्ट्र बैंकले जसरी बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिएको छ । बीमा प्राधिकरणले पनि बिमा कम्पनीहरुको संरक्षण गर्ने गरेको छ । बीमा कम्पनीहरुले उद्योग बाहेकका क्षेत्रमा अनिवार्य बीमा गरेका छन् । त्यसले उद्योगहरुको लागत बढाएको छ । विश्व बजार ट्यारिफबाट,ननट्यारिफ गइरहेको बेलामा नेपाल ननट्यारिफबाट ट्यारिफमा गइरहेको छ । त्यसमा सुधार आवश्यक छ । नियमक निकायले बजारलाई प्रतिष्पर्धी बनाउन बीमाको दर तोक्ने होइन । खुला छाड्नुपर्छ । प्रतिष्पर्धी बन्ने वातावरण बनाउनुपर्छ ।’

उहाँले बीमा कम्पनीहरु प्रतिष्पर्धी बन्दा मात्रै बीमा बजारको बिस्तार हुने बताउनु भयो । उहाँले बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मात्रै संरक्षण गर्ने नीति लिन नहुने बताए । उनले बीमकहरुले जुनसुकै ठाउँमा बसेर पनि बीमा गर्न पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीहरुले लगानीको क्षेत्र बिस्तार गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *