सकियो एनएमबि बैंकको वार्षिक साधारण सभा, खुद नाफा २ अर्ब २४ करोड
मकालु खबर
२०८१ पुस २६ गते
काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा २९औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बैंकका सेयरधनीहरूले आ-आफ्नो विचारसमेत व्यक्त गरेका थिए । बैंकको असार २०८१ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ रुपैयाँ अर्ब रहेको छ ।
बैंकले हाल देशभर २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
मकालु खबर
२०८१ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित