टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए
मकालु खबर
२०८१ पुस २६ गते
काठमाडौं । बशर अल-असदको सरकारको पतनपछि गत महिनामा टर्कीबाट कुल ५२ हजार ६२२ सिरियालीहरू स्वेच्छाले सिरिया फर्किएका छन् । जसले गर्दा घर फर्कने सिरियालीहरूको कुल संख्या ७ लाख ९२ हजार ६२५ पुगेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताए ।
गत महिनामा, १ हजार ७६६ आप्रवासीहरू टर्कीबाट बाहिरिएका छन् । टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले सिरियाभित्र आवश्यक परेकाहरूलाई मानवीय सहायता प्रदान गरेको छ । राहत सामग्रीका १ हजार ९५८ ट्रकहरू पु-याएको छ ।
मकालु खबर
२०८१ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित