नेपाल स्काउटमा विवाद : भट्टराई निलम्बित, लामाको नियुक्ति

काठमाडौं । नेपाल स्काउटभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । सामाजिक हितका लागि सञ्चालित संस्था आफै विवादित बन्न पुगेको हो ।

आन्तरिक विवादकै क्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई निलम्बित भएका छन् । लामो समयदेखि विवादमा तानिएका भट्टराई अन्ततः निलम्बित भएका हुन् ।

भट्टराई निलम्बित भएपछि उनको स्थानमा अजित लामा स्काउटको केन्द्रीय निर्देशकमा नियुक्त भएका छन् । लामा निर्देशक नियुक्त भएपछि उनका समर्थकले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् । तर, हालसम्म कुनै आधिकारिक निर्णय भने आएको छैन ।

निर्देशक भट्टराईको कर्मचारी नियुक्ति, कार्यालयको दैनिक कामकारबाही लगायतका प्रकरणमा आलोचना भइरहेको थियो । निलम्बित निर्देशक भट्टराईले आफूलाई निलम्बन गरिएको बारे आधिकारिक जानकारी नपाएको बताए ।

उनले आफूलाई गुण्डागर्दी शैलीमा कार्यकक्षबाट निकालिएको बताए । उनले नियमित काममा जाँदा आफ्नो चेम्बरमा लामालाई देखेपछि आश्चर्यचकित भएको बताए ।

मकालुखबरसँग कुराकानी गर्दै उनले आफू अहिले मन्त्रालयमा रहेको र यस विषयमा छलफल गरिरहेको बताए ।

‘म निलम्बन भएको आधिकारिक जानकारी पाएको छैन । तर, मेरो चेम्बरमा लामा आएर बसेका छन् । मलाई गुण्डागर्दी शैलीको व्यवहार गरियो,’उनले भने,‘मैले सुरक्षाका लागि प्रहरीलाई भनिसकेको छु । मन्त्रालयमा छलफल गरिरहेको छु ।’

उसो त, भट्टराई आफै पनि विवादित पात्र हुन् । उनलाई मानव तस्करीदेखि भ्रष्टारसम्मको आरोप लाग्दै आएको छ ।

नेपाल स्काउटको निर्देशक नियुक्ति र निलम्बनबारे बारे बुझ्दा खेलकुद मन्त्रालयले आधिकारिक जानकारी दिन मानेन ।

खेलकुद मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुवास चन्द्र शिवाकोटीले यस विषयमा आफूलाई जानकारी नरहेको बताए । उनले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई यस विषयमा जानकारी हुने बताए ।

आज साँझ बस्ने मन्त्रीपरिषद् बैठकले नेपाल स्काउटबारे ठोस निर्णय गर्न सक्ने बताइको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *