‘विद्यमान नीतिलाई सहजीकरण गर्नसके मात्रै पोखरा विमानस्थल सञ्चालनमा आउन सक्ने’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजीकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताएका छन् ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरू बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताए । उनले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाइबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गरे । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरू बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताए । उनले अहिले व्यवसायीहरूले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताए । उनले सरकारको नीतिको कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरूलाई सहजीकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताए ।

उनले भने सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावहरू सरकारले सुनेन । त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाइबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने सोचियो । त्यो दृष्टिकोणले हेरेर निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समय नीतिहरू बन्न सकेन । त्यसले मुलुकको अर्थतन्त्र खुम्चिएर गयो । बैंक तथा वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा तरलता छ । तर व्यवसायीहरूले बैकबाट ऋण लिनसक्ने अवस्था छैन । हरेक दिन पत्रिकामा व्यवसायीहरू कालोसूचीमा पर्ने गरेका छन् । सरकारको नीतिको कारण अप्ठ्यारा छन् । सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नीतिहरूमा सहजीकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ । अन्यथा हजारौं मानिसहरूलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरू बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजीकरण गर्नुपर्छ ।’

उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातावरण नभएको बताए । उनले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *