प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरुबीच भेटवार्ता भएको छ । प्रतिपक्ष दलका तीन शीर्ष नेताहरुबीच बिहीबार सिंहदरबारमा भेटवार्ता हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको हो ।

उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको जनाइएको छ । बिहीबार मात्रै प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो ।  प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच भइरहेको लगातारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *