बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८१ माघ ३ गते

काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित