ललितपुरलाई स्मार्ट सिटी बनाउँछौँ : प्रमुख महर्जन


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् ।
बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताए ।
उनले भने– ‘अहिले हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ ।’
उनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताउनु भयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उनले बताए ।
स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको बताए ।
‘ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले मेयर भएपछि कसैपनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु,’ उनले भने,‘पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहीँ घटाउन चाहन्न ।’
उनले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए ।
उनले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।
