काँग्रेसले बडूको संयोजकत्वमा बनायो अनुशासन समिति

२०८१ माघ ३ गते

काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।
बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत रहेका छन् ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

२०८१ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित