संसदीय समितिले छलफलका लागि बोलायो गृहमन्त्री

२०८१ माघ ३ गते

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
बिहीवार बसेको समितिको बैठकले शुक्रवार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।
बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रवार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए ।
‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ’ उनले भने ।
अर्को बैठक शुक्रवार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिए ।

२०८१ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित