नेपालमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

२०८१ माघ १३ गते

काठमाडौं । आइतबार देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि मौसम सफा रहने भएको हो ।
कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित