एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै बागमती प्रदेश सभापति कपको फाइनलमा

२०८१ माघ १५ गते

काठमाडौं । आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो ।
यससँगै बागमतीले यही माघ १७ गते सङ्कटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेताले रु १३ लाख प्राप्त गर्नेछन् ।

२०८१ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित