सेन्सर बोर्डद्वारा ‘लाज शरण’ लाई प्रदर्शन अनुमति, कहिले आउँछ प्रदर्शनमा ?

काठमाडौँ । चलचित्र ‘लाज ‘लाज शरणम्’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले आइतबार यस चलचित्रलाई सेन्सर पास दिएको हो ।

यो सँगै चलचित्र प्रदर्शनमा आउने भएको हो ।

पूर्वमन्त्री एवं काँग्रेस नेता मोहम्मद अफताब आलमले चलचित्रमा आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै चलचित्रविरुद्ध रिट दायर गराएका थिए ।
उनले पाटन उच्च अदालतमा उक्त रिट दायर गराएका हुन् ।

हाल उनी मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका छन् ।

उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि चलचित्रको प्रचारप्रसार नगर्न आदेश दिएको थियो । सेन्सर पास भएसँगै ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्र ‘लाज शरणम्’ लाई वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रि पाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *