हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो ।

साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उक्त साधारणसभाबाट आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८.७५ का दरले हुन आउने रकम रु.२१,८७,६३,७७३.९ बराबरको नगद लाभांश समेत पारित गरिएको छ ।

यसै साधारणसभाबाट आ.व.०८१/८२ को लागि कम्पनीको बाह्र लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरिएको छ ।

उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालीन रुपमा श्रोतहरूको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए ।

साथै उनले सबै सरोकारवालाहरूको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बिमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नवीनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरूलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताए ।

साधारण सभामा शेयरहरूका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका सेयर धनीहरूले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८।७५ नगद लाभांश प्रदान गरेकोमा अधिकांश सेयर धनीहरूले खुसी व्यक्त गरेका थिए ।

साधारण सभामा सञ्चालक समितिका सदस्यहरू, शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *