नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच साझेदारी


काठमाडौँँ । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न फोनपेसँग सहकार्य गरेको छ ।
यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा गरिएको जनाइएको छ ।
फोनपेका अनुसार भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी QR व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे QR स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। ।
भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।’
