नेपाललाई नामिबियाले दियो १ सय २६ रनको बलियो लक्ष्य

काठमाडौं । वुमन्स डे कप टी–२० आई प्रतियोगितामा नामिबियाले नेपाललाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

यो प्रतियोगितामा बनेको अहिलेसम्मको सर्वाधिक योगफल हो । नेपालका लागि यो लक्ष्य चुनौतीपूर्ण हुनसक्छ ।

नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान १–१ विकेट लिइन् ।

जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको हो ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन ।

यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *