ओली सरकारलाई अल्मलिएर बस्ने छुट छैन : उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको बताएका छन् । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको बताए ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै बिहीबार उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए । खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् ।

‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौँ, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ,’ उनले भने । मन्त्री खड्काले सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *