४ सूत्रीय माग राखेर नेपाल स्काउटमा रिले अनसन (तस्बिरहरु)


काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले रिले अनसन सुरु गरेको छ । विभिन्न ४ सूत्रीय माग राखेर शुद्धीकरण अभियानले रिले अनसन सुरु गरेको हो ।
शुद्धीकरण अभियानले राखेका १० बुँदे माग पुरा नभएपछि ४ सूत्रीय माग राखेर रिले अनसन सुरु गरिएको अभियानका संयोजक देवदूत अधिकारीले जानकारी दिए ।
स्काउटका कार्यकारी निर्देशक रामप्रसाद भट्टराईले गरेको आर्थिक अनियमितता र विदेश भ्रमणका नाममा गरेको घोटालाका विषयमा छानबिन हुनुपर्ने माग राख्दै १० बुँदे ज्ञापनपत्र बुझाइएको थियो । तर, उक्त मागलाई कार्यान्वयन गर्नुको स्काउटमा निर्देशक र खेलकुदमन्त्रीले एकलौटी गर्न थालेपछि बाध्य भएर रिले अनसन सुरु गरिएको संयोजक अधिकारीले बताए ।
उनले स्काउटका तीन जना स्काउटरहरू रिले अनसनमा बसको बताए । उनले खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि आफ्ना मागलाई नजरअन्दाज गरेको बताए ।
उनले पत्रकार सम्मेलन मार्फत पनि आफूहरू रिले अनसन बस्न बाध्य हुने चेतावनी दिएको र सोही अनुसार ४ सूत्रीय माग राखेर अनसन सुरु गरिएको बताए ।
कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसूति बिदा जस्ता कतिपय प्रावधानहरू कर्मचारीको मनोबल गिराउने खालको भएको हुँदा सो नियमावली संशोधन गराउनुपर्ने, स्काउटका निर्देशक राम प्रसाद भट्टराईको अनियमितता संग सम्बन्धित नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर छानबिन गराउनु पर्ने माग राखिएको उनले बताए ।
यस्तै निर्देशक भट्टराईले कार्यक्षेत्रमा दुव्र्यवहार तथा यौन दुव्र्यवहारसँग सम्बन्धी विषयमा छानबिन गरिनुपर्ने र निर्देशक भट्टराई उपर छानबिन पुरा नहुन जेल उनलाई निलम्बनमा राखिनुपर्ने, छानबिनको प्रक्रिया पुरा भए पश्चात् प्रतिवेदनका आधारमा कारबाही हुनुपर्ने माग राखेर रिले अनसन सुरु गरिएको हो ।
