बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका–३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *