‘मिसन २०२६’ खेलकुद अभियान : टङ्कलाल घिसिङ


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सुरु गरिएको ‘मिसन–२०२६’ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् ।
‘मिसन–२०२६’ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए ।
प्रशिक्षणका क्रममा हुने समस्या समाधान तत्काल गर्न उनले निर्देशन दिए । कार्यक्रममा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे ।
हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ खेलाडी छन् । छयालिस महिला र ५३ पुरुष खेलाडीलाई २२ प्रशिक्षकले प्रशिक्षण दिइरहेका निर्देशक विष्टले जानकारी दिए ।
कराते, बक्सिङ, उसु, जुडो, पुरुष÷महिला कबड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडी विशेष प्रशिक्षणमा छन् ।
