नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं । पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ । पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार खारेज भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे पुर्पक्षका लागि जेलमा छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा उनलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । पाण्डेकी श्रीमतीले गएको फागुन ११ गते सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *