नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

२०८१ चैत ४ गते

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज सोमबार गरिदिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले रिट खारेज गरिदिएको हो । जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो । गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।

२०८१ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित