सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ पारित भएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्नुभएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

त्यसअघि प्रतिपक्षी सांसदहरुले मत विभाजनको माग गरेपछि सभामुखले मत विभाजन गर्न आदेश दिएका थिए । मत विभाजनमा कुल उपस्थित १४५ सांसदमध्ये ९६ मत पक्षमा र ४९ मत विपक्षमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *