दल निकटकालाई पाखा लगाउँदै पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुमा) स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्साललाई पाखा लगाउँदै श्रेष्ठ मंगलबार विजयी भएका हुन् । उनी १ हजा १ सय २ मतसहित विजयी हुँदा उनका निकटतक प्रतिद्धन्द्धी लम्सालले ७१० मत ल्याए । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ विजयी भर्एका हुन् ।

विद्यार्थीको प्रतिनिधि दलबाट नभई नै विद्यार्थी हुनुपर्ने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा विजयी भएका छन् । उनी १ हजार ६४ मत ल्याएर विजयी भएका हुन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १ हजार ४२ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *