थापाथली क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका खड्का निर्वाचित

२०८१ चैत ५ गते

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित भएका छन् ।
विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानमा एक हजार ७ सय ७ विद्यार्थी सहभागी भएका थिए । स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् ।

२०८१ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित