मेची बहुमुखी क्याम्पसमा नेविसंघको प्यालन विजयी

२०८१ चैत ७ गते

काठमाडौं । झापास्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरूले सबै पदमा जित हासिल गरेका छन् ।
क्याम्पस प्रमुख देवीप्रसाद आचार्यका अनुसार अध्यक्ष पदमा नेविसंघकी निलम कार्कीले ८२६ मत प्राप्त गर्दै विजयी भइन् । त्यस्तै, सचिव पदमा विवेक तामाङले ६३३ मतका साथ सफलता प्राप्त गरे भने कोषाध्यक्ष पदमा प्रतिक रौनियारले ९०९ मत ल्याएर जित दर्ता गरे ।

२०८१ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित