ब्रेन क्यान्सर पीडित पत्रकार संगीता बानियाँको निधन


काठमाडौं । चितवनको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी संगीता बानियाँको निधन भएको छ । ब्रेन क्यान्सरबाट पीडित बानियाँको उपचारको क्रममा बिहीबार बिहान पौने ३ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको हो ।
स्वर्गीय बानियाँको पार्थिव शरीर केहिबेरमा भरतपुर-१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिँदैछ । त्यसपछि अन्तिम संस्कारका लागि पार्थिव शरीर देवघाट लगिनेछ।
उनका जेठाजु श्याम सिलवालका अनुसार बानियाँको उपचारका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर, पछिपछि ब्रेन क्यान्सर देखिएपछि उनको अवस्था गम्भीर बन्दै गएको थियो।
स्थानीय शिवशक्ति रेडियोमा लामो समयदेखि कार्यरत बानियाँ पत्रकार महासंघ चितवन शाखाकी सक्रिय सदस्य थिइन् । उनको असामयिक निधनले चितवनको पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ ।

hardik shradanjali sangita bahini prati