मधेसका महिलाहरूलाई अवसर दिन जरुरी : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरूलाई अवसर दिन जरुरी रहेको बताएकी छन् ।

बिहीबार काठमाडौँमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताए । उनले जातीय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताए । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताए ।

उपसभामुख रानाले भनिन् ‘आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातीय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरू तोड्न जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *