रामारोशन पर्यटन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त

२०८१ चैत १२ गते

काठमाडौं । रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त भएका छन् ।
झण्डै दुई वर्षदेखि रिक्त रहेको कार्यकारी अधिकृत पदमा विकलाई नियुक्त गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चैत ७ गतेको मन्त्रीस्तरको निर्णयले उनलाई कार्यकारी अधिकृत पदमा नियुक्ति गरिएको हो ।
विक नेपाली कांग्रेसका युवा नेता समेत हुन् ।

२०८१ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित